बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

थानकोट बसपार्कमा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ

सोमबार, २३ पुस २०८०, ११ : ३६
सोमबार, २३ पुस २०८०

काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  सर्लाहीको मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले हातपात गरेपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा एउटा हेण्ड सेटमा क्षति भएको बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप