बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

छोराको हत्या अभियोगमा बुबा पक्राउ

मङ्गलबार, २४ पुस २०८०, १२ : ३७
मङ्गलबार, २४ पुस २०८०

इलाम । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका  छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप