सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले निर्वाचन आयोगको निर्णय उल्टाउँदै इमरान खानको पार्टीको ‘ब्याट’ चिन्ह बहाल

बुधबार, २५ पुस २०८०, १७ : ५५
बुधबार, २५ पुस २०८०

पेशावर । पाकिस्तानको पेशावर उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) को चुनावी चिन्हसँग सम्बन्धित मुद्दामा आफ्नो फैसला सुनाउँदै पार्टीको चुनाव चिन्ह ‘ब्याट’ बहाल गरेको छ ।

बुधबार न्यायाधीश इजाज अन्वर र अरशद अलीको बेन्चले पीटीआईको आन्तरिक चुनाव रद्द गर्ने र पार्टीको चिन्ह 'ब्याट' जफत गर्ने निर्णयको बिरूद्ध पेशावर उच्च अदालतमा दायर गरेको अपीलको सुनवाई गरेको थियो। उच्च अदालतले आफ्नो संक्षिप्त निर्णयमा डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको बताएको छ ।

फैसलामा अदालतले पीटीआईको आन्तरिक चुनावको प्रमाणपत्र वेबसाइटमा जारी गर्न र इमरान खानको पार्टी ब्याट चिन्हको हकदार भएको भनेको छ। डिसेम्बर २२ मा निर्वाचन आयोगले पीटीआईको संगठनात्मक चुनाव अवैध घोषित गरेको थियो र यो निर्णयसँगै पीटीआईले आफ्नो चुनावी चिन्ह ब्याट गुमाएको थियो।

  • इमरान खान फेरि अयोग्य घोषित

तर पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खानलाई एनए–८९ मियाँवाली सिटबाट चुनाव लड्न अनुमति दिइएको छैन ।

गत हप्ता इमरान खानको उम्मेदवारी अस्वीकृत भएको विरुद्ध दायर गरिएको अपीलको फैसला सुरक्षित राखिएको थियो । निर्वाचन न्यायाधिकरणले एनए–८९ मियाँवालीबाट उम्मेदवारी दर्ता अस्वीकार गरेको विरुद्ध इमरान खानको अपील खारेज गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप