झापामा फरार दुई आरोपी पक्राउ
काठमाडौँ । झापामा विभिन्न मुद्दामा फरार दुई प्रतिवादी पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका पाँचथर घर भई हाल जिल्लाको बुद्धशान्ति गाउँपालिका २ बस्ने सुमन रणपहेली र दमक नगरपालिका ३१ बस्ने देउकुमार सुब्बालाई बुधवार जिल्ला कारागार झापा पठाइएको हो ।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढी उपस्थित गराएर उनीहरुलाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । सुब्बालाई २०८० साल वैशाख १६ गते वन पैदावर हानी नोक्सानी मुद्दामा १५ दिन कैद र ७ हजार ८ सय ५ रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो ।
सो फैसलालगत्तै फरार रहेका उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै रणपहेलीमाथि चोरी मुद्दामा ६ महिना कैद र ५ हजार जरिवाना तथा पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै फरार रहेका उनी र्दु वर्षपछि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण