कारबाओ कप : सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी
काठमाडौं । काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।
१९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए । उनै नुनेजको पासमा ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए ।
सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो । अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुुलह्यामले भने फराकिलो जित निकाल्नु पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण