नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा खरेल
बुटवल । नेपाल चिकित्सक सङ्घ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित भएका छन् । बुटवलमा भएको अधिवेशनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व ३ वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा डा.सन्दीप सुवेदी, उपाध्यक्षमा डा.वर्षा थापा, महासचिवमा डा.प्रकाश बस्नेत, कोषाध्यक्षमा डा.रमेश भट्टराई, सहसचिवमा डा.मोहनलाल तिवारी र सह कोषाध्यक्षमा डा.अमित चतुर्वेदी सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यले बताए ।
निर्वाचित सदस्यहरूमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा.मनिष विश्वकर्मा, डा.राजेन्द्र बस्याल, डा.सदीक्षा चापागाईं र डा.आकाश शाही रहेका छन् ।
संघको लुम्बिनी शाखामा ५०० चिकित्सक आबद्ध छन् । चिकित्सक संघमा देशभरका ३५ हजार आबद्ध रहेका छन् । डा.खरेल प्रजातन्त्रवादी चिकित्सक सङ्घ लुम्बिनीको पनि अध्यक्ष हुन्। चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिविरुद्ध संघले काम गर्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण