पोखराको मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ
पोखरा । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक पक्राउ परेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपपछि फरार रहेका सूर्यबहादुर अधिकारीलाई कास्की प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
रकम अपचलन भएको र बचत फिर्ता नभएको आरोपसहित बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । करिब २७ करोड अपचलन भएको रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सोही आधारमा अदालतमा मुद्दा दर्ता भएको छ । ठगी आरोपमा अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीसहित सदस्यहरु गोपाल खनाल, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।
सहकारीको कार्यक्षेत्र विस्तारका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोपमा तत्कालीन सहकारी रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित केही पत्रकार र कानुन व्यवसायीहरु फरार छन् । ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ७ जना मात्रै पक्राउ परेका छन् । फरार रहेकाहरुको खोजी भइरहेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण