कानुन परिमार्जन भएपछि चलचित्र क्षेत्रको समस्या समाधान हुन्छ : मन्त्री शर्मा
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइट सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुक्रवार एक कार्यक्रमकाबिच वेबसाइटको शुभारम्भ गरिन् ।
वेबसाइटमा सेन्सरसम्बन्धी विभिन्न जानकारी उपलब्ध हुनेछ । केन्द्रीय चलचित्र जाँच समितिको वेभ साइट पहिलो पटक निर्माण भएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले चलचित्र क्षेत्र पुरानो कानुनबाट अगाडि बढिरहेको बताउँदै त्यो परिमार्जनको काम भइरहेको जानकारी दिइन् ।
‘म सञ्चार मन्त्रालयमा आएको एक वर्ष भयो । चलचित्र क्षेत्र मेरो लागि नौलो पनि भयो । अहिले चलचित्र हेर्ने र कलाकार चिन्ने मात्र भए । तर यस क्षेत्रको विभिन्न समस्या राम्ररी जानकारी छैन’ मन्त्री शर्माले भनिन् ‘अहिले कानुन परिमार्जनको क्रममा । त्योबाट फिल्म क्षेत्रको सबै समस्या समाधान गर्न सकिन्छ ।’ मन्त्री शर्माले चलचित्र क्षेत्रका समस्या समाधानका लागि सबै सरोकार संस्थाहरूलाई परिमार्जन हुन लागेको कानुनका लागि आफ्नो राय सुझाव दिन आग्रह गरिन् ।
राज्यका अप्ठ्यारादेखि विभिन्न अप्ठ्यारासँग जुधेर फिल्म क्षेत्रको विकासमा लाग्ने सम्पूर्ण पक्षको प्रशंसा गर्दै मन्त्री शर्माले अबको २० औँ वर्षपछि पनि काम लाग्ने कानुन निर्माण अहिलेको आवश्यकता रहेको धारणा राखिन् ।
‘२०२६ मा निर्माण भएको फिल्म कानुनले अहिलेको आवश्यकता पुरा गर्दै भन्नेमा म सचेत छु’ मन्त्री शर्माले थपिन्–‘हामीले छुट्टै कानुन होस् भनेर मन्त्रालयमा एउटा प्राक्टिस गरिरहेका छौ ।’ शर्माले माघबाट सुरु हुने संसद्को अर्को अधिवेशनमा चलचित्र कानुन पेश गर्ने तयारी गरेको समेत जानकारी दिइन् ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना गरेको केन्द्रीय चलचित्र जाँच समिति र सरोकारवाल बिचको कार्यक्रममा चलचित्र सेन्सर बोर्डका अध्यक्ष नेत्र प्रसाद सुवेदीले चलचित्र जाँचको सेरोफेरो विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।
त्यस्तै नेपालमा चलचित्र क्षेत्रको विकास र भावी कार्यदिशाको विषयमा चलचित्र विकास बोर्डका विशाल सापकोटाले प्रस्तुति राख्दा सेन्सर बोर्ड र सरोकारवालाबिचका सम्बन्धको विषयमा चलचित्र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि, नीर शाह, अशोक शर्मा, दीपकराज गिरी, दयाराम दाहाल लगायत कलाकर्मीको समेत उपस्थिति रहेको छ । कार्यक्रममा विभिन्न विषयमा प्यानल डिस्कसन समेत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण