अनलाइनमार्फत ब्ल्याकमेलिङ गरेर यौन शोषण गर्ने भारतीय नागरिक पक्राउ
काठमाडौँ । विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा भारतीय नागरिकलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको छ । जोगबनी घर भएका रवि कुमारलाई विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर समेत यौन शोषण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालबाट डिएसपीको नेतृत्वमा खटिएको टोलीले रवि कुमारलाई काठमाडौँ ल्याउँदै छन् ।
रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ । बलात्कारपछि उनले पीडिहरुलाई धम्की समेत दिने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्,‘एक महिनाभित्र उनी ५ वटा बलात्कारमा संलग्न भएको भेटिएको छ, ३ जना पीडित हाम्रो सम्पर्कमा छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण