संयुक्त राष्ट्र संघका राजदूत सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित
काठमाडौँ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित भएका छन् । राजदूत सुवेदी संगठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
संगठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त संगठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।
यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक पहल गरेका थिए । उनको पहल कदमीले सार्थकता पाउँदै विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदको नेतृत्व गर्न नेपाल सफल भएको हो ।
राजदूत सुवेदीले उक्त पदमा उम्मेदवारीका लागि इच्छा व्यक्त गर्दा नै आफू सहमतिको अध्यक्ष हुन चाहेको बताएका थिए । सबैको समर्थन र सदभाव लिई विश्व व्यापार संगठनको कार्यमा योगदान दिन उक्त जिम्मेवारी लिन तयार रहेको उनले बताएका थिए । उक्त विचारबारे समूह संयोजक फिलिपिन्सका राजदूतले खुलेर प्रशंसा समेत गरेका थिए ।
विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफल तथा बहसहरू विकास र व्यापारमा केन्द्रित हुने गरेका छन् । विशेषगरी अतिकम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता विकास र व्यापारमा केन्द्रित रहने गरेका छन् । राजदूत सुवेदीले यस महत्त्वपूर्ण पदमा भएको निर्वाचनले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा भिजिवल बनाउनुका अतिरिक्त विकसित, विकासशील र अतिकम विकसित मुलुक र विकास साझेदारहरूलाई संयोजन गर्ने अवसर प्राप्त भएको बताए ।
नेपाल लगायत अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेका सदस्यहरूले विश्व व्यापार संगठनमा हाल पाइरहेका सहुलियतका प्रावधानहरु निरन्तरताको लागि वार्ता तथा छलफल भइरहेका छन् । यसलाई सहजिकरण गर्न एवम् नेपालको कूटनीतिक, आर्थिक तथा व्यापारिक हित प्रवर्द्धन गर्नका लागि यो अवसर महत्त्वपूर्ण हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण