मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङले जित्यो
ओखलढुङ्गा । प्रदेशस्तरीय अन्तरपालिका स्तरीय अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित गर्यो ।
आज भएको फाइनलमा माङ्सेबुङको जीतमा टीकाराम योङहाङ र निर्मल राईले एक–एक गोल गरे । मानेभञ्ज्याङका लागि विकास राईले एक गोल फर्काए । विजेता माङ्सेबुङले नगद रु पाँच लाखसहित साढे दुई तोला सुन र दुई सय तोला चाँदीद्वारा निर्मित रनिङ शिल्ड साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता मानेभञ्ज्याङ गाउँपालिकाले नगद रु तीन लाखसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको सेमिफानलमा पुगेका ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र तेह्रथुम लालीगुराँस नगरपालिकाले रु एक–एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । कृषि र पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना साथै नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रुम्दालीले बताए ।
प्रतियोगितामा कोशी प्रदेशका ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, इलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानीय तहको सहभागिता थियो । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक माङ्सेबुङका आयुष योङहाङ, सर्वाधिक गोलकर्ता माङ्सेबुङका एलन लिम्बू र उत्कृष्ट खेलाडीको उपाधि मानेभञ्ज्याङ गाउँपालिकाका टिम क्याप्टेन राजु राईलाई प्रदान गरिएको छ ।
यही पुस १७ गते युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतियोगिता उद्घाटन गरेका थिए । खेलको समापन समारोहमा राष्ट्रिय गानका रचियता व्याकुल माइलालगायतका अतिथि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण