कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षीय सार्की माईला भन्ने कालु गोले रहेका छन् ।
अभियुक्तद्वयले २०६३ जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर–४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए ।
घटना पश्चात फरार रहेका प्रतिवादीहरु उपर जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसारको कैद बेरुजु फछर्यौटका लागी खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरबाटै पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
अभियुक्तद्वय स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्ष कैद सजाय तोकेको थियो । अदालतको उक्त फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेस गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण