लागुऔषधसहित युवक पक्राउ
आइतबार, २९ पुस २०८०, २० : ४१
काठमाडौँ । प्रहरीले स्याङ्जाबाट लागुओषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१० घर भएका २३ वर्षीय अजय नेपाली छन् ।
वालिङ नगरपालिका–९ स्थित भकुण्डेबाट पक्राउ गरिएका अजयको साथबाट ४९ एम्पुल नुर्फिन, ४९ एम्पुल डाइजेपाम र सोही परिमाणमा फेनारगन बरामद गरिएको जिप्रका स्याङ्जाका डिएसपी इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण