गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

गाजा पट्टी । हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।
गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते समेत भएको हमासको सञ्चार कार्यालयले जनाएको छ ।
दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।
दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौं घरलाई निशाना बनाइएको हमासले बताएको छ ।
अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू युद्ध सुरु भएदेखि नै गाजामा इजरायली आक्रमणबाट बारम्बार प्रभावित हुँदै आएका छन् ।
इजरायली सेनाले हमासले अस्पतालमुनि सुरुङ निर्माण गरेको र त्यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र आफ्ना गतिविधिलाई ढाकछोप गर्न सर्वसाधारणको भौतिक संरचनाको दोहन गरेको आरोप लगाएको छ ।
अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।
लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ । बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले प्रतिशोधस्वरूप हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ । हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा शुरु गरेको आक्रमणमा कम्तीमा २३ हजार ९६८ व्यक्तिको ज्यान गएको छ भने इजरायली सैन्य कारबाही निरन्तर चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने