भएको पुल भत्काएर तीन करोडको ठेक्का
कैलाली । तीन वर्ष अगाडिसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होम स्टे गाउँ भादास्थित घुरही नालामाथि पक्की पुल थियो । तर सो पुल सानो र होचो भएको भन्दै धनगढी महानगरपालिकाले अर्को पुल निर्माणका लागि टेन्डर आह्वान गर्यो ।
टेन्डर भयो । निर्माण कम्पनीले काम पनि थाल्यो । भएको पुल भत्काइयो । नयाँ पुलका लागि नालामा पिल्लरका लागि गहिरा गहिरा खाल्डा खनियो । तर खाल्डो खनेपछि भने निर्माण कम्पनी नै सम्पर्कविहीन बनेपछि स्थानीयलाई निकै सास्ती भएको हो ।
२०७८ कात्तिक १६ गते धनगढी उपमहानगपालिका र टेडी मित्र जेबीबिच भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो । २०८० असोज मसान्तमा सो टेन्डरको समय पनि सकिएको छ । तर तीन वर्षसम्म पुल नबनेपछि भादा, तिलकपुर, घसिटालगायतका ठाउँका बसिन्दाका साथै धनगढीबाट कैलारी गाउँपालिका आउजाउ गर्न निकै कठिन भएका हो ।
थारू गाउँ भादा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, ‘भएको पुल पनि रहेन । नयाँ पुल पनि बनेन । ठेक्काको म्याद पनि सकियो तर ठेकेदार नै गायब भइदिए । पुल नहुँदा पाउने सास्तीको कुरै नगरौँ । धनगढी उपमहानगरपालिकामा पटक पटक गुनासो पोखियो तर कुनै सुनुवाइ नै हुँदैन ।’
पुल नभएपछि ओहोरदोहोर गर्नेहरू कि त घुमाउरो बाटो प्रयोग गर्नुपर्छ, कि तल रहेको जीर्ण काठेपुल प्रयोग गर्नुपर्ने बाध्यता छन् ।पुल बन्न नसकेपछि सुदूरपश्चिमको एक मात्र ठुलो क्षमता सामुदायिक होम स्टे भादालाई प्रत्यक्ष असर पुगेको स्थानीय बताउँछन् ।

भादाका भलमन्सा सन्तराम चौधरीले भने, ‘पुल नहुँदा होम स्टेमा आउने पहुनाहरू भत्किने गर्छन् । यहाँ आउने पहुना अर्कै ठाउँ पुग्छन् । बाटो नहुँदा केही त बाटोबाटै फर्किने गरेका छन् । यसको प्रत्यक्ष असर होम स्टेलाई परेको छ ।’
मुख्यमन्त्री शाहले बाटो भुलेपछि...
हालै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भादा गाउँ जाने क्रममा पुल नभएपछि घुमाउरो प्रयोग गर्दै गर्दा तनाव झेल्नुपरेको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पुस २६ गते भादा होमस्टेमा आयोजना गरेको राष्ट्रिय भेलालाई उद्घाटन गर्न जाने क्रममा उनी समस्या झेल्नुपरेको थियो । मुख्यमन्त्री शाह निकै विलम्बका साथ कार्यक्रम स्थलमा पुग्दा उनको अर्को निर्धारित कार्यक्रम ढिलो हुन पुगेको बताइन्छ ।’
_l8lUzzonfi.jpg)
उता धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीले समय अवधिभित्र काम सम्पन्न गर्न नसकेपछि ठेक्का म्याद चालु आर्थिक वर्षको असारसम्मका लागि थप गरेको छ ।
धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले काम पूरा नभएछि कानुन अनुसार ठेक्का म्याद थप गरेको बताए । अझै काम गरे ठेक्का तोडेर कारबाही गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण