प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका छौँ : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रत्येक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् ।
मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरुमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।
उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिरहेको उल्लेख गरिन् । उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।
उनले भनिन्,‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौँ । यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौँ । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बिचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबिचमा पुलको काम गर्दैछौं ।’
उपप्रमुख डंगोलले तालिमको उद्देश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण