माल्टा पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
मङ्गलबार, ०२ माघ २०८०, १९ : ११
काठमाडौँ । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएर काठमाडौँको स्वयम्भू बस्ने मायादेवी राना छिन् ।
३० वर्षीया मायादेवीले माल्टा पठाउने सपना देखाएर ४३ लाख रुपैयाँ ठगेको आरोप छ । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।
पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी मायादेवीले दीपक राज कँडेल समेतलाई माल्टामा १ लाख ५० हजार कमाई हुन्छ भनेर प्रतिव्यक्ति ८ लाख मागेकी थिइन् । ४३ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएकी हुन् ।
आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण