गोरखाका एक व्यक्तिमा भेटियो कोरोना
मङ्गलबार, ०२ माघ २०८०, २२ : १९
गोरखा । गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् ।
सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताइन् । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।
सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण