पोखराबाट जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ
बुधबार, ०३ माघ २०८०, १८ : ४१
पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् ।
उनले बुधबार बिहान साढे १ बजे अमरसिंह खेल मैदानमा पार्किङ गरेको ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन् । उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो ।
उनले जिप चलाइरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यसअघि पोखराबाटै बस चोरी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण