युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
बुधबार, ०३ माघ २०८०, १९ : ०७
सुर्खेत । सल्यानमा बोल्न नसक्ने एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सल्यान प्रहरीले बनगाड नगरपालिका–४ डोप्के भन्ने गाउँका २४ वर्षीय रामबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
आइतबार युवतीकी आमाले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरीमा घरमा कोही नभएको बेला रामबहादुरले बोल्न नसक्ने आफ्नो छोरीलाई जबरजस्ती हात तानेर घरको पछाडि लगेको र जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । सोही आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको हो ।
बुढाथोकीलाई उनकै घरबाट पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ । उनलाई बुधबार सार्वजनिक गरिएको छ ।
युवतीको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेका बुढाथोकीलाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण