एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त
बुधबार, ०३ माघ २०८०, २१ : २५
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् ।
संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले आफ्नो पदबाट राजीनामा दिएकोमा मंगलबार साँझ बसेको संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको थियो ।
उक्त बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत पौडेललाई अध्यक्षमा चयन गरिएको हो । पौडेल विगत ५ वर्षदेखि सञ्चालक समितिमा रही काम गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण