शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सम्बन्धमा ब्रेक कि ब्रेकअप ?

बिहीबार, ०४ माघ २०८०, १४ : ०६
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । कोही कोही व्यक्ति प्रेम वा वैवाहिक सम्बन्धमा भएको बेलामा ज्यानै दिन पनि तयार हुन्छन् । मायाको मामिलामा जे गर्न पनि तयार हुन्छन् । माया त जति धेरै भयो उति राम्रो हो नि भनेर सोच्नेहरु पनि छन् । अर्को मान्छेलाई आफ्नो चालढालमा ढालेर आफूले चाहे जस्तै बनाउन खोज्छन् । तर यस्तो गर्नु सम्बन्धका लागि हानिकारक हुन सक्छ । यस्तो स्थितिमा अर्को पार्टनरलाई ऐँठन महसुस हुन थाल्छ । यसले ब्रेक लिने कि ब्रेक अप नै गर्ने भन्ने अवस्था निम्त्याउँछ ।

यस्तो स्थितिबाट बच्ने हो भने सम्बन्धमा अर्को व्यक्तिलाई समय अनि स्पेस दिन जरुरी छ । सम्बन्ध कसरी बिग्रन्छ भनेर ब्रेकअप र डिभोर्स कोच ब्रैड ब्राउनिङले कयौँ बेष्ट सेलिङ पुस्तक लेखेका छन् । उनले मान्छेहरुलाई सम्बन्ध बचाउनेबारे टिप्स पनि दिने गरेका छन् । आवश्यकताभन्दा धेरै मायाले पनि सम्बन्धमा ऐँठन उत्पन्न गराउने द एक्स फ्याक्टर नामक पुस्तकमा उनले लेखेका छन् ।

आजको यस लेखमा भने हामी सम्बन्धमा ब्रेकको आवश्यकता कतिबेला अनि किन हुन्छ ? अनि पार्टनरले कहिले समय र स्पेस माग्न थाल्छ भनेर कुराकानी गर्नेछौं । जब पार्टनरहरू एक अर्कासँग अलग हुन पनि चाहँदैनन् अनि सम्बन्ध तोड्न नि चाहँदैन, तब ब्रेक लिन खोज्छन् । सम्बन्धमा केही चिजलाई सही बनाउन उनीहरुलाई समय चाहिएको हुन्छ । कहिलेकाहीँ हामीलाई हाम्रा सम्बन्धहरूसँग दिक्क लाग्न थाल्छ । एउटै मान्छे, उही अनुहार सधैँ एउटै हाउभाउ अनि माहौलसँग वाक्क लाग्न थाल्छ ।

यस्तोमा सम्बन्ध बचाउने उत्तम उपाय हो ब्रेक । सम्बन्धलाई स्वस्थ बनाउन केही समय अल्पविराम लिने उपाय हो ब्रेक । तर यसमा दुवै पार्टनरको सहमति बराबरी हुनु पर्छ । यतिबेला पार्टनरहरुले आफ्नो आर्थिक वा अन्य जिम्मेवारी चाहिँ भुल्नु हुन्न । सम्बन्धलाई थप स्वस्थ र बलियो बनाउन पश्चिमी देशहरूमा ब्रेक लिने चलन छ । ब्रेक लिने बेलामै कहिले रि–कनेक्ट गर्ने भन्नेबारे पनि निर्णय गर्नु पर्ने रिलेशनशिप कोच बताउँछन् ।

ब्रेकले जादु गरेजसरी काम गर्छ भनेर सोच्नु हुन्छ भने तपाईँले गलत सोचिरहनु भएको छ । सम्बन्धलाई हामी आफैँले सही बनाउने हो । ब्रेक चाहिँ  बिग्रन लागेको सम्बन्धलाई त्यो भन्दा धेरै बिग्रन नदिन लिइने फैसला हो । ब्रेकले सम्बन्ध बनाउन छ । तर कहिलेकाहीँ यसले सम्बन्ध झनै बिगार्ने काम पनि गर्छ । त्यसैले यससम्बन्धी  निर्णयमा दुवैको अनुमति, सहमति चाहिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप