भक्तपुरमा खेलाडी मृत फेला, आत्महत्या दुरुत्साहनको आरोपमा एक जना पक्राउ
काठमाडौँ । भक्तपुरमा खेलाडी मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् । बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् ।
झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनकाे आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण खुलाएको छैन । पाठकका अनुसार सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहकी गोसाइँ भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा २७ वर्षीय उनी फेला परेपछि प्रहरीमा खबर गरिएको थियो । उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण