अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्ने इराकी प्रधानमन्त्रीको दृढ संकल्प
बग्दाद । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सोमबार इराकले अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको उपस्थिति अन्त्य गर्न चाहेको कुरा दोहोर्याएका छन् ।
अल–सुदानीले इराकका लागि नेदरल्यान्डका राजदूत हान्स सान्डीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । नेदरल्यान्डले आगामी मे महिनाको मध्यमा उत्तरी अटलान्टिक सन्धि सङ्गठन (नेटो) मिसनको अध्यक्षता ग्रहण गर्दै छ ।
अल–सुदानीले गठबन्धन देशहरूको अर्को मिसनमा इराकमा गठबन्धनको उपस्थिति समाप्त गर्न र इराकसँग द्विपक्षीय सुरक्षा र सैन्य सहयोगमा जानका लागि संयुक्त प्राविधिक कार्य समावेश हुनुपर्ने धारणा राखेका छन् ।
सान्डीले बैठकमा अल–सुदानीलाई नेदरल्याण्डका समकक्षी मार्क रुटेबाट दुई देशबीच सम्भावित साझेदारीका अवसरहरू बारे छलफल गर्न नेदरल्याण्ड भ्रमण गर्न आधिकारिक निमन्त्रणा दिएका छन् ।
नेदरल्याण्ड अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको हिस्सा हो जसलाई इस्लामिक स्टेट आतङ्कवादी समूह विरुद्धको लडाइँमा इराकी सुरक्षा बलहरूलाई प्रशिक्षण र सल्लाह दिने काम दिइएको टिप्पणी हुने गर्दछ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण