सलाह घाइते भएको खेलमा घानासँग बराबरीमा रोकियो इजिप्ट
काठमाडौँ । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेमला इजिप्ट बराबरीमा रोकिएको छ । इजिप्टलाई घानाले २–२ गोलको बराबरीमा रोकेको हो । दुईपटक पछाडि परेको इजिप्टले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा घानाले अग्रता लिएको थियो । घानाका लागि मोहम्मद कुडुसले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा घाना अगाडि रह्यो । खेलको ६९औँ मिनेटमा इजिप्टका ओमर मार्मोउसले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
यसैगरी निर्धारित समयको ७१औँ मिनेटमा घानाले पुनः अग्रता लिएको थियो । घानाका लागि दोस्रो गोल पनि मोहम्मद कुडुसले नै गरेका थिए । त्यसको तीन मिनेटपछि नै इजिप्टले पुनः जवाफी गोल फर्काएको थियो । इजिप्टका लागि दोस्रो गोल मोस्तफा मोहमदले गरेका थिए ।
खेलका क्रममा इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाह घाइते भई मैदानबाट बाहिरिएका थिए । इजिप्टका कप्तानसमेत रहेका सलाह पहिलो हाफको अन्तिम समयमा घाइते भएका थिए । समूह ‘बी’ मा रहेको इजिप्ट दुई खेलबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा आसिन छ ।
अघिल्लो खेलमा इजिप्टलाई मोजाम्बिकले २–२ गोलको बराबरीमा रोकेको थियो । एक खेल खेलेको केप भर्डे तीन अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको मोजाम्बिक एक अंकसहित तेस्रो र दुई खेल खेलेको घाना एक अंकसहित चौथो स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण