वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ
शुक्रबार, ०५ माघ २०८०, १७ : ४९
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का अविशेक बस्याल, अनिस बस्याल र एलिना बस्याल रहेका छन् । वडा नम्बर–१ को गौरी टोलमा उनीहरुले लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले त्यहाँ छापा हानेको थियो ।
उनीहरुको साथबाट दुई ग्राम २० मिलिग्राम लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिए । विशेषगरी लागुऔषध कारोबारमा पछिल्लो समय युवतीहरु समेत सक्रिय भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण