राहुल गान्धीको 'भारत जोडो न्याय यात्रा' विरुद्ध एफआईआर दर्ता
असम । असममा राहुल गान्धीको 'भारत जोडो न्याय यात्रा' र यसको मुख्य आयोजक केबी बाइजु विरुद्ध एफआईआर दर्ता गरिएको छ। असम प्रहरीका अनुसार यो एफआईआर जनवरी १८ मा जोरहाट सहरभित्र यस यात्राको लागि राज्य सरकारले स्वीकृत मार्गबाट विचलित भएको आरोपमा दर्ता गरिएको हो।
जोरहाटमा तैनाथ एक प्रहरी अधिकारीले यात्रा सहरको केबी रोडतर्फ जानुको सट्टा जुलुसले फरक बाटो लिएको बताए। प्रहरी अधिकृतका अनुसार रुट परिवर्तन भएपछि एक्कासि मानिसहरूको भीडले भागदौड जस्तो अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा, स्वतः संज्ञान लिँदै, निर्धारित नियमहरूको उल्लंघन गरेको कारण यात्राको मुख्य आयोजक विरुद्ध जोरहाट सदर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ।
यस एफआईआरको जवाफ दिँदै कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले मिडियालाई भने, ‘रुटसँग सम्बन्धित दिशानिर्देशहरूको कुनै उल्लङ्घन भएको छैन न त कुनै नियमहरू तोडिएको छ। असमका मुख्यमन्त्रीले मानिसहरू नआओस् भनेर हरसम्भव प्रयास गरिरहेका छन्। यात्रामा सामेल नहोस्, राहुल जीलाई भेट्न नपाओस्। तर हाम्रो यात्रालाई कसैले रोक्न सक्नेछैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण