शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जाडो बढेपछि बुटवलमा ३ दिन स्कुल बन्द

शनिबार, ०६ माघ २०८०, १५ : ४३
शनिबार, ०६ माघ २०८०

बुटवल । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।

उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ ।

butwal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप