क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।
आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक-एक गोल गरे । एक गोल भने उपहार पाएको थियो ।
११ औँ मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।
ट्रोसान्डले ५९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो ।
जितपछि आर्सनल ४३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ४३ अङ्क भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अङ्क रहेको छ ।
लिभरपुल भने ४५ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनलसँग पराजित भएको क्रिष्टल प्यालेस भने १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण