चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु
हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ ।
शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।
एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई भने कि मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी थिए। आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।
सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो। आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन।
सरकारी सञ्चारमाध्यममा सार्वजनिक गरिएका तस्विरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण