चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु
हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ ।
शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।
एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई भने कि मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी थिए। आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।
सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो। आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन।
सरकारी सञ्चारमाध्यममा सार्वजनिक गरिएका तस्विरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक
-
उपाधि होडबाट बाहिरिएको मुम्बईसँग उसैको मैदानमा भिड्दै हैदराबाद
-
वर्तमान संविधान अझै पूर्ण भएको छैन: प्रधानमन्त्री
-
एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे
-
अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअप
-
सहकारी प्रकरणमा ओली–प्रचण्ड ‘यूटर्न’, के गर्लान् रवि लामिछाने ?