राष्ट्रिय सभा निर्वाचन : जनकपुरमा सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रम

वीरगन्ज । आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुर सत्ता गठबन्धनले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेस प्रदेश जनकपुरले महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन मधेस प्रदेश सभा सदस्य एवं स्थानीय तहका नगर प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले जनाए ।
अभिमुखीकरण कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका गठबन्धनका प्रदेश सांसदहरू,मेयर÷उपमेयर तथा पालिका प्रमुख÷उपप्रमुखहरूको सहभागिता छ । मधेस प्रदेशमा गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारद्वय आनन्द ढुंगाना र पूजा चौधरीलाई जिताउनका लागि छलफल तथा अभिमुखीकरण कार्यक्रम राखिएको आयोजक समितिले जनाएको छ ।
मधेस प्रदेशको जनकपुरमा गठबन्धनद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रमेश लेखक, सदस्यहरू माओवादी नेता वर्षमान पुन, जसपा नेता मनिष सुमनसहितका प्रतिनिधिहरूको उपस्थिति छ ।
सत्ता गठबन्धनमा कांग्रेस,माओवादी, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । यो सबै दलबाट २ जनाको उम्मेदवारी परेको छ ।
मधेस प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, २६७ जना जनप्रतिनिधि गरी ३७४ मतदाता सहभागी हुनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ५३ र प्रत्येक स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
यस निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६७१ मतभार गरी कुल १० हजार ७४४ कुल मतभार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो