अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा, रुपन्देहीमा बिदा
बुटवल । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा माघ ८ गते सोमबार हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।
सोमबार कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ ।
सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राणप्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
यस्तै अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम मन्दिरहरुमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ बिक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण