मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोज्ने युवक पक्राउ
काठमाडौँ । मध्यरातमा महिलाको घरमै गई बलात्कार गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ४ स्थित भल्चौर घर भई हाल काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीय बिक्रम थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले एक युवतीलाई गत पुस १६ गते उनकै घरमा मध्यराति १२ बजे गएर बलात्कारको प्रयास गरेको र सो क्रममा प्रतिकार गर्दा उनी कुटपिट गरेर फरार भएका थिए । वैदेशिक रोजगारमा ठगी गरेको आरोप लागेका अर्का व्यक्ति अजय थापालाई खोज्ने क्रममा थापाको समेत मोवाइल हेर्दा शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानसँग समन्वय गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थापाविरुद्ध सो घटनामा मुद्दा रहेको र उपस्थित गराई दिन भनि पत्राचार भएअनुसार पक्राउ गरेर सल्लान प्रहरीलाई जिम्मा लगाइएको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण