कोहली इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टबाट बाहिरिए
मङ्गलबार, ०९ माघ २०८०, ०६ : ४१
नयाँ दिल्ली । विराट कोहलीले व्यक्तिगत कारणले इंग्ल्याण्डसँगको टेस्ट सिरिजको पहिलो दुई खेलबाट बाहिर रहन अनुमति मागेका छन् ।
बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार कोहलीले कप्तान रोहित शर्मा, टोली व्यवस्थापन र चयनकर्तासँग कुरा गरे र देशको प्रतिनिधित्व गर्नु सधैँ उनको प्राथमिकतामा रहेको तर व्यक्तिगत जीवनमा केही परिस्थितिहरू छन् जहाँ उनी आवश्यक छ भन्ने कुरामा जोड दिएका छन्।
कोहलीको निर्णयलाई सम्मान गर्दै बीसीसीआईले उनलाई पहिलो दुई टेस्ट खेलबाट बाहिर राख्न स्वीकृति दिएको छ । बोर्डले मिडिया र फ्यानहरूलाई विराट कोहलीको गोपनीयताको सम्मान गर्न र कुनै पनि प्रकारको अड्कलबाजी नगर्न आग्रह गरेको छ। छनोट समितिले छिट्टै विराट कोहलीको स्थानमा टोलीमा समावेश गर्ने खेलाडीको नाम घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण