फाइटर रिलिज अघि किन बेपत्ता भइन् दीपिका ?
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ छिटै ठूलो पर्दामा आउँदैछ । यो फिल्मबाट पहिलो पटक ऋतिक र दीपिका स्क्रिन शेयर गर्दैछन् ।
फिल्मको पोष्टर, टिजर र ट्रेलर हेरेर कहिले हलमा गएर फिल्म हेर्न पाइएला भनेर फ्यानहरु कुरिरहेका छन् । फाइटर जनवरी २५ मा रिलिज हुँदैछ । यो फिल्मको एड्भान्स बूकिङ भइरहेको छ । फिल्मलाई मेकरहरुले आईम्याक्स थ्रीडी, फोरडीएक्स र थ्रीडी फ्म्र्याटमा रिलिज गर्दैछन् ।
फिल्म रिलिजअघि ऋतिक र निर्देशक शिद्धार्थ आनन्द भएर फिल्मको प्रमोशन गरिरहेका छन् । तर फिल्मको ट्रेलर लञ्चयता दीपिका भने गायब छिन् । फाइटर २५० करोड भारुमा बनेको फिल्म हो । फिल्ममा ऋतिक र दीपिकालाई जोरदार एक्शन अवतारमा देख्न पाइनेछ । फिल्ममा अनिल कपुर र करण सिंह ग्रोवर पनि शीर्ष भूमिकामा छन् । तर फिल्मको प्रमोशनमा ऋतिक मात्रै किन भन्ने प्रश्न उठिरहेको छ । दीपिका यो फिल्मको हरेक इभेन्टमा गायब छिन् ।
के भन्छन् निर्देशक सिद्धार्थ आनन्द ?
बलिउड हंगामालाई दिएको एउटा अन्तरवार्तामा सिद्धार्थले फिल्मको प्रमोशनबाट दीपिका बेपत्ता हुनुको रहस्य बताएका थिए । यो स्ट्रेटिजिकल कदम भएको उनको भनाई छ । फिल्मको प्रमोशनका लागि यस्तो रणनीति अपनाइएको र मंगलबार हुने फिल्मको प्रमोशनमा दीपिका उपस्थित रहने उनले बताए । ट्रेलर लञ्चमा दीपिका आउने वाला थिइन् । तर त्यतिबेला उनी बिरामी परिन् ।
दीपिका बिना आफूहरुले फिल्मको प्रमोशन गर्न नसक्ने कुरा साँचो भएपनि फिल्म रिलिजको समय नजिकिँदै गर्दा उनी फिल्मको प्रमोशन इभेन्टमा धेरै देखिने उनले बताएका थिए । प्रमोशनमा दीपिका नआउनुको अर्को कारण चाँहि ऋतिक र दीपिकाबीचको केमेष्ट्री फ्यानहरुले सिधैं ठूलो पर्दामा हेरुन भन्ने भएको पनि सिद्धार्थको भनाइ थियो । मेकरहरुले ऋतिक र दीपिकाको जोडीलाई फिल्मको मुख्य हाइलाइट बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण