५३ तोला चाँदीसहित बाराबाट दुई जना पक्राउ
मङ्गलबार, ०९ माघ २०८०, १५ : १२
वीरगन्ज । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।
बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण