बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री किराँतीको प्रस्ताव : निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पीपीपी मोडलमा गरौँ

मङ्गलबार, ०९ माघ २०८०, १७ : ५३
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।  

मन्त्री किराँतीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरु पीपीपी मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि निजगढ, पोखरा, भैरहवासहितका चार वटै अन्तर्राष्ट्रिय विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताए । मंगलवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । 

मन्त्री किराँतीले राजनीतिक दबाबको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पारे । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरु प्रयोगमा आउन नसकेको उनको स्पष्टीकरण थियो ।

मन्त्री किराँतीले आफूले मन्त्रालयको नेतृत्व लिएपछि नेपाल वायुसेवा निगमको व्यवस्थापनतर्फ ५ अर्ब नाफा भएको दाबी समेत गरे । आफू मन्त्री भएपछि यता निगमले व्यवस्थापन खर्चतर्फ मुनाफा लिई ५ अर्ब ऋण तिर्न सफल भएको उनको भनाई थियो । 

मन्त्री किराँतीले थलामा बसेको निगमलाई आफूले चार हात खुट्टा टेक्ने अवस्थामा पु¥याएको र त्यसको सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले निगमको सुधारका लागि आफूले ३ वटा न्योरोबडी विमान खरिद गर्ने निर्णय लिनुपरेको जिकिर समेत गरे  ।

मन्त्री किराँतीले निजी क्षेत्रको मनपरी रोक्न पनि निगममा विमान थप गर्नुपर्ने अवस्था रहेको तर्क समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप