मन्त्री किराँतीको प्रस्ताव : निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पीपीपी मोडलमा गरौँ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मन्त्री किराँतीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरु पीपीपी मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि निजगढ, पोखरा, भैरहवासहितका चार वटै अन्तर्राष्ट्रिय विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताए । मंगलवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
मन्त्री किराँतीले राजनीतिक दबाबको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पारे । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरु प्रयोगमा आउन नसकेको उनको स्पष्टीकरण थियो ।
मन्त्री किराँतीले आफूले मन्त्रालयको नेतृत्व लिएपछि नेपाल वायुसेवा निगमको व्यवस्थापनतर्फ ५ अर्ब नाफा भएको दाबी समेत गरे । आफू मन्त्री भएपछि यता निगमले व्यवस्थापन खर्चतर्फ मुनाफा लिई ५ अर्ब ऋण तिर्न सफल भएको उनको भनाई थियो ।
मन्त्री किराँतीले थलामा बसेको निगमलाई आफूले चार हात खुट्टा टेक्ने अवस्थामा पु¥याएको र त्यसको सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले निगमको सुधारका लागि आफूले ३ वटा न्योरोबडी विमान खरिद गर्ने निर्णय लिनुपरेको जिकिर समेत गरे ।
मन्त्री किराँतीले निजी क्षेत्रको मनपरी रोक्न पनि निगममा विमान थप गर्नुपर्ने अवस्था रहेको तर्क समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण