खुल्ला कारागारको अभ्यास गर्नुपर्छ : मन्त्री श्रेष्ठ
भरतपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले खुल्ला कारागारको अभ्यास गर्नुपर्ने बताएका छन् ।
मंगलबार चितवन भरतपुरस्थित कारागार निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कारागारहरुलाई खुल्ला कारागारको अवधारणा अनुरुप लानुपर्ने बताएका हुन् । उनले खुल्ला कारागारको अभ्यासमा गए मात्रै हाल देखिएको कारागार सम्बन्धी समस्याहरुको समाधान हुने बताए । उनले कारागारको व्यवस्थापन प्रदेश सरकारको अधिकार भएपनि आजसम्म नेपाल सरकारले उक्त अधिकार प्रदेशलाई नदिएको बताए । प्रदेशले अधिकार नपाउँदा कारागार सञ्चालन तथा व्यवस्थापनमा समस्या आएको मन्त्री श्रेष्ठको भनाइ छ । उनले अहिले देशभरका कैदी, बन्दीलाई दैनिक लगभग एक करोड रुपैयाँ सरकारले खर्च गरिरहेको उल्लेख गर्दै खुल्ला कारागारको अभ्यासमा गए सरकारलाई व्ययभार कम पर्ने बताए ।
मन्त्री श्रेष्ठले भरतपुरको कारागारमा ढल निकासको समस्या समाधान गर्न बायोग्यास प्लान्ट राख्न निर्देशन पनि दिए । त्यसको लागि मन्त्रालयले बजेटको व्यवस्था गर्ने उनले जानकारी दिए । साथै उनले ७०० जनालाई खाना बनाउन पुग्ने राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता पनि गरे । निरीक्षणको क्रममा श्रेष्ठले कैदी, बन्दीलाई स्वरोजगार बनाउन मन्त्रालयले सिप सिकाउने, पुस्तकालयमा पुस्तकहरू उपलब्ध गराउने, कारागारभित्र योग, ध्यान सिकाउने व्यवस्था मिलाउने पनि बताए ।
निरीक्षणको क्रममा कैदी, बन्दीहरुले विविध समस्या समेटेर मन्त्री श्रेष्ठ समक्ष लिखित मागपत्र समेत दिएका थिए । उनले समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण