गोलवर्षा गर्दै चेल्सी फाइनलमा
बुधबार, १० माघ २०८०, ०७ : ०४
लण्डन । दोस्रो लेगमा मिडल्सब्रोमाथि गोलवर्षा गर्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ गोलले विजयी बन्दै समग्रमा ६–२ गोल अन्तरले विजयी बनेको हो ।
च्याम्पियनसिप टोलीले पहिलो लेगमा चेल्सीमाथि १–० को अप्रत्याशित नतिजा निकालेको थियो । तर, घरेलु मैदानमा चेल्सीले शानदार प्रदर्शन गर्न सफल भयो ।
पहिलो हाफमा नै चेल्सीले ४ गोल गरेको थियो । जोनी होसनले आत्मघाती गोल गरे भने इन्जो फर्नान्डेज, एक्सल डिसासी र कोल पाल्मरले एक–एक गोल थपे ।
दोस्रो हाफमा पाल्मरले अर्को गोल थपे भने नोनी माडुएकेले आधा दर्जन गोल पुरा गरे । खेलको अन्त्यमा मोर्गन रोजर्सले मिडल्सब्रोका लागि सान्त्वना गोल गरे ।
अब चेल्सीले फाइनलमा खेलमा लिभरपुल र फुलह्यामबिचको विजेतासँग भिड्नेछ । फाइनल खेलमा फेब्रुअरी २५ मा वेम्बलीमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
-
राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
राज्यले अनुसन्धानमा नियत राख्न मिल्छ कि मिल्दैन ?
-
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित
-
संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना