गोलवर्षा गर्दै चेल्सी फाइनलमा
बुधबार, १० माघ २०८०, ०७ : ०४
लण्डन । दोस्रो लेगमा मिडल्सब्रोमाथि गोलवर्षा गर्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ गोलले विजयी बन्दै समग्रमा ६–२ गोल अन्तरले विजयी बनेको हो ।
च्याम्पियनसिप टोलीले पहिलो लेगमा चेल्सीमाथि १–० को अप्रत्याशित नतिजा निकालेको थियो । तर, घरेलु मैदानमा चेल्सीले शानदार प्रदर्शन गर्न सफल भयो ।
पहिलो हाफमा नै चेल्सीले ४ गोल गरेको थियो । जोनी होसनले आत्मघाती गोल गरे भने इन्जो फर्नान्डेज, एक्सल डिसासी र कोल पाल्मरले एक–एक गोल थपे ।
दोस्रो हाफमा पाल्मरले अर्को गोल थपे भने नोनी माडुएकेले आधा दर्जन गोल पुरा गरे । खेलको अन्त्यमा मोर्गन रोजर्सले मिडल्सब्रोका लागि सान्त्वना गोल गरे ।
अब चेल्सीले फाइनलमा खेलमा लिभरपुल र फुलह्यामबिचको विजेतासँग भिड्नेछ । फाइनल खेलमा फेब्रुअरी २५ मा वेम्बलीमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण