सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट एमालेलाई एकमत नोक्सान, ढोरपाटनका मेयर फरार

बिहीबार, ११ माघ २०८०, ०९ : २८
बिहीबार, ११ माघ २०८०

पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । नेकपा एमालेबाट निर्वाचित भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी हुने सम्भावना छैन । 

सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका उनी हाल फरार छन् । नेपाली एमालेका तर्फबाट मेयरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

मेयर नेपाली मतदानका लागि उपस्थित भए पनि मतदान अघि नै प्रहरीले उनलाई पक्राउ गर्नेछ । त्यसैले एमालेले उनको एकमत गुमाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप