हत्या गरी फरार महिला १४ वर्षपछि पक्राउ
बिहीबार, ११ माघ २०८०, १४ : १७
मोरङ । कर्तव्य ज्यान कसुरमा दोषी ठहर भएर फरार रहेकी एक महिला १४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सङ्खुवासभाको साबिक सिद्धकाली गाविस–२ बस्ने ३५ वर्षीया कैली तामाङ रहेकी छन् ।
तामाङलाई सङ्खुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते कर्तव्य ज्यान कसुरमा २० वर्ष कैद सजाय ठहर गरेको थियो । तर, उनी त्यसयता फरार रहेकी थिइन् ।
उनलाई बुधबार इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार तामाङलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीलाई बुझाई सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण