रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि...
दुबई । सल्ट बेई नामले चर्चित टर्कीश सेफ तथा उद्यमी नुसरत गोक्सेले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा भिडियो हेरेर यतिबेला निटिजन्सहरू अक्क न बक्क भएका छन् ।
भिडियोका अनुसार रेष्टुराँमा एक पटक खाएको बिल १ लाख ८ हजार ५०० डलर अर्थात् १ करोड ४४ लाख नेपाली रुपैयाँभन्दा धेरै उठेको छ । बिल दुबईमा रहेको सल्ट बेईको एउटा रेष्टुराँको हो ।
गएको हप्ता एक समूहले रेष्टुराँमा एकपटकमा खाएको बिलको भिडियो शेयर गर्दै बेईले ‘पैसा आउँछ, पैसा जान्छ’ भनेर लेखेका थिए । बिलमा अर्डर गरिएको खानेकुराका परिकार र पेय सबैको मूल्य छुट्टा छुट्टै दिइएको छ ।
बिलमा टिपबापतको मूल्य पनि दिइएको छ । रेष्टुराँ खान आएकाहरुले अनेकौं परिकार मगाएका थिए । सबैभन्दा छक्क पार्ने कुरा चाँहि टिप हो । टिपबापत मात्रै २४ हजार ५०० डलर अर्थात् झन्डै ३२ लाख ६६ हजार नेपाली भुक्तानी गरिएको छ । बिलमा खानेकुराको मूल्य र कूल रकम यूएईको मुद्रा दिराममा दिइएको छ । यो पोष्ट हेरेर निटिजन्सहरु निकै भड्किएका छन् ।
बिलको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रेष्टुराँ महँगो भनेर बढाइचढाई गरेर भनिएको केहीले बताएका छन् । कमेन्टमा केही युजरले खानेकुराको अत्यत्धिक मूल्यप्रति असन्तुष्टी र रिस व्यक्त गरेका छन् । एक पटक खाना खाँदा १ करोड ४४ लाख रुपैयाँ तिर्नु परेको देखेर धेरै जना भड्किएका थिए । टिपको पैसा हेरेर यसलाई धेरैले पैसाको वर्वादी भनेका छन् । सल्ट बेई खाना पकाउँदा नुन छर्किने आफ्नो अनौठो तरिकाका कारण प्रसिद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण