एफए कप फुटबल : पाँचौँ चरणमा पुग्ने पहिलो टोली बन्यो बर्नमाउथ
शुक्रबार, १२ माघ २०८०, १० : १८
काठमाडौँ । बर्नमाउथ एफए कप फुटबल प्रतियोगिताको पाँचौँ चरणमा पुग्ने पहिलो टोली बनेको छ । बर्नमाउथ चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब स्वान्सीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको पाँचौँ चरणमा पुगेको हो ।
एकपक्षीय खेलको १४ मिनेटभित्र बर्नमाउथले तीन गोल गरिसकेको थियो । खेल सुरु भएको सातौँ मिनेटमै लोयड केलीले बर्नमाउथका लागि पहिलो गोल गरेका थिए । १०औँ मिनेटमा एलेक्स स्कटले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
निर्धारित समयको १४औँ मिनेटमा लुइस सिनिसटेराले तेस्रो गोल थपेका थिए । बर्नमाउथले बाँकी दुई गोल पनि खेलको पहिलो हाफमै गरेको थियो । निर्धारित समयको ३५औँ मिनेटमा डेभिड ब्रुक्सले टोलीलाई ४–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा एक मिनेटअघि डोमिनिक सोलान्केले टोलीका लागि पाँचौँ गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण