हिरासतबाट लागु औषध कारोबारीलाई भगाउने प्रहरी १६ वर्षपछि पक्राउ
शुक्रबार, १२ माघ २०८०, ११ : ०९
काठमाडौँ । हनुमानढोका स्थित प्रहरीको हिरासतबाट लागु औषध कारोबारीलाई भगाएका प्रहरी पक्राउ परेका छन् । तत्कालीन प्रहरी जवान बिरवलराय यादव १६ वर्षपछि पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय प्रहरीको सहयोगमा कलकत्ताबाट पक्राउ गरेर काठमाडौँमा ल्याएको हो । आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ ।
रौतहटको पथराबुधराम–३ घर भएका बिरवलरायले लागु औषध कारोबारीलाई हिरासतबाट भाग्न सहयोग गरेर आफू पनि सँगै भागेका थिए । कारोबारीसँग रकम लिएर उनले भगाएको आरोप छ । कारोबारीसँगै भागेपछि यादव भारतमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण