मोनालिसाको पेन्टिङमा सुप प्रहार
आइतबार, १४ माघ २०८०, १७ : ००
पेरिस । विश्वचर्चित मोनालिसाको पेन्टिङमा प्रदर्शनकारीले सुप प्रहार गरेका छन् । यद्यपि पेन्टिङलाई बुलेटप्रुफ सिसाभित्र राखिएकाले कुनै क्षति भने हुन पाएन । १६ औँ शताब्दीमा लियोनार्दो दा भिन्चीले बनाएको उक्त पेन्टिङलाई फ्रान्सको लुभ्र सङ्ग्रहालयमा राखिएको छ ।
भिडियोमा ‘स्वस्थ खानेकुरा’ को माग गर्दै दुई प्रदर्शनकारीले विरोध गरिरहेको देखिएको छ । यसअघि पनि तस्बिरलाई क्षति पुर्याउने प्रयास भएपछि सन् १९५० देखि नै त्यसलाई सिसाभित्र सुरक्षित राखिएको छ ।
त्यतिबेला एक व्यक्तिले तस्बिरमा एसिड प्रहार गरेका थिए । सन् २०१९ मा सङ्ग्रहालयले अलि स्पष्ट देखिने बुलेटफ्रुफ सिसा राखेको थियो । सन् २०२२ मा पनि एक अभियन्ताले पेन्टिङमा केक प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण