मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि
मुम्बई । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो ।
अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए । तर, उपाधिमा फारुकीले बाजी मारे । फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।
कार्यक्रम सञ्चालक सलमान खानले फारुकीको हात उठाउँदै उनको नाम लिए । त्यो क्षण निकै रोमाञ्चक देखिएको थियो ।
फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे ।
मुनव्वरले बिग बोसको घर भित्र उत्कृष्ट शैलीमा आफ्नो मन, मस्तिष्क तथा सामर्थ्य लगाएका थिए । उनको प्रारम्भिक यात्रा नै निकै शानदार रहेको थियो ।
यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । फारुकीले यसअघि लकअप रियालिटी शोका उपाधि समेत जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण