मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि
मुम्बई । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो ।
अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए । तर, उपाधिमा फारुकीले बाजी मारे । फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।
कार्यक्रम सञ्चालक सलमान खानले फारुकीको हात उठाउँदै उनको नाम लिए । त्यो क्षण निकै रोमाञ्चक देखिएको थियो ।
फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे ।
मुनव्वरले बिग बोसको घर भित्र उत्कृष्ट शैलीमा आफ्नो मन, मस्तिष्क तथा सामर्थ्य लगाएका थिए । उनको प्रारम्भिक यात्रा नै निकै शानदार रहेको थियो ।
यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । फारुकीले यसअघि लकअप रियालिटी शोका उपाधि समेत जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन
-
गण्डकीमा ‘इन्टरभेन्सन’ बहस भइरहँदा कोशीमा एकपक्षीय बहस
-
अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यकः अध्यक्ष दाहाल
-
प्रचण्ड र ओलीको हृदय मिल्दैन बेलाबेला दिमाग मिल्छ : रामनारायण बिडारी
-
पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उपाधि दिलासालाई
-
यो सदनमा प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदैछ : महामन्त्री थापा