पेनाल्टीमा गोलरक्षकको १८औँ प्रहार सफल भएपछि इजिप्टलाई हराउँदै कङ्गो क्वार्टरफाइनलमा
काठमाडौँ । निकै बलियो प्रतिद्वन्द्वी इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै कङ्गो अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा १८ वटा पेनाल्टी प्रहारपछि मात्र जित–हारको टुङ्गो लागेको थियो ।
इजिप्ट सर्वाधिक सातपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने राष्ट्र हो । कङ्गोले भने हालसम्म दुईपटक मात्र यो प्रतियोगिताको उपाधि चुमेको छ । कङ्गोले पछिल्लो पटक सन् १९७४ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यसयता कङ्गो प्रतियोगिताको फाइनल सम्म पनि पुग्न सकेको थिएन ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि जित–हारको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो । निर्धारित समयको खेलमा सुरुआती अग्रता पनि कङ्गोले नै लिएको थियो । कंगोका लागि ३७औँ मिनेटमा मेस्चक एलियाले गोल गरेका थिए ।
तर, पहिलो हाफमै इजिप्टले खेललाई बराबरीमा ल्याएको थियो । पहिलो हाफको इन्जुरी समयमा इजिप्टका लागि मोस्तफा मोहमदले पेनाल्टीमार्फत गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा इजिप्ट १० खेलाडीमा समेटिएको थियो । इजिप्टका मोहम्मद हमदी सराफ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि पेनाल्टी सुटआउटमा कङ्गोले इजिप्टलाई ८–७ गोलले हरायो । पेनाल्टी सुटआउट पनि निकै प्रतिस्पर्धात्मक थियो । दुवै टोलीले गरेर १८ वटा पेनाल्टी प्रहार गरेका थिए । कंगोको जितमा गोलरक्षक लियोनल एमपासीले गरेको पेनाल्टी प्रहार निर्णायक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण