आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मानव मस्तिष्कमा वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण

मङ्गलबार, १६ माघ २०८०, १० : ३९
मङ्गलबार, १६ माघ २०८०

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी न्यूरालिंकले मानिसको मस्तिष्कमा वायरलेस ब्रेन चिप प्रत्यारोपण गरेको छ ।  कम्पनीले वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण गरेको मस्कले बताएका छन् ।

प्रारम्भिक नतिजामा न्यूरन स्पाइक्स राम्रो देखिएको र बिरामीमा राम्रो सुधार आइरहेको बताइएको छ । जटिल खालको न्यूरोलोजिकल रोगहरु बिसेक पार्न कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहिरहेको छ । गएको वर्ष न्यूरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मान्छेमा चिपको परीक्षण गर्न कम्पनीलाई अनुमति दिएको थियो ।

यो चिप कपालको एउटा रेशाभन्दा पनि पातलो छ । यसलाई यस अघि रोबोटमा प्रयोग गरिएको थियो । ६ वर्षसम्म कम्पनीले यो चिपमा काम गरिरहेको थियो । चिपलाई मस्तिष्कमा ‘मूभमेन्ट इन्टेन्शन’ कन्ट्रोल गर्न सकिने हिस्सामा लगाइएको छ । ब्रेन चिप बनाउने न्यूरालिंक एक मात्रै कम्पनी होइन । चिप प्रत्यारोपण गरेर दृष्टिबिहिनहरुलाई दृष्टि दिने, बोल्न नसक्नेहरूलाई आवाज दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप