मानव मस्तिष्कमा वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी न्यूरालिंकले मानिसको मस्तिष्कमा वायरलेस ब्रेन चिप प्रत्यारोपण गरेको छ । कम्पनीले वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण गरेको मस्कले बताएका छन् ।
प्रारम्भिक नतिजामा न्यूरन स्पाइक्स राम्रो देखिएको र बिरामीमा राम्रो सुधार आइरहेको बताइएको छ । जटिल खालको न्यूरोलोजिकल रोगहरु बिसेक पार्न कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहिरहेको छ । गएको वर्ष न्यूरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मान्छेमा चिपको परीक्षण गर्न कम्पनीलाई अनुमति दिएको थियो ।
यो चिप कपालको एउटा रेशाभन्दा पनि पातलो छ । यसलाई यस अघि रोबोटमा प्रयोग गरिएको थियो । ६ वर्षसम्म कम्पनीले यो चिपमा काम गरिरहेको थियो । चिपलाई मस्तिष्कमा ‘मूभमेन्ट इन्टेन्शन’ कन्ट्रोल गर्न सकिने हिस्सामा लगाइएको छ । ब्रेन चिप बनाउने न्यूरालिंक एक मात्रै कम्पनी होइन । चिप प्रत्यारोपण गरेर दृष्टिबिहिनहरुलाई दृष्टि दिने, बोल्न नसक्नेहरूलाई आवाज दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण