त्रिविको उपकुलपति छनोटका विषयमा सुमना श्रेष्ठले गराइन् प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड समस्याग्रस्त र अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षण बुझाउँदै उनले त्रिविको उपकुलपति छनोटको मादण्ड अस्पष्ट र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी हुन् ।
त्रिविको उपकुलपतिका लागि आवेदन दिनेहरू उत्तरपुस्तिका नष्ट गर्नेदेखि बौद्धिक चोरीको आरोप लागेका व्यक्तिसम्म भएको उनको दाबी छ ।
मापदण्डमा भएका विरोधाभासपूर्ण कुराहरू व्याख्या गर्दै छनोट प्रक्रिया पुनरावलोकन गर्न माग गरेकी छन् । एकातिर बौद्धिक चोरी जाँच गर्ने विषयदेखि अन्तर्राष्ट्रिय जर्नल प्रकाशनका बारेमा नसमेटिएको र अर्कोतिर १५ दिनको म्यादमा विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजना माग गर्नु जायज नभएको उनको भनाइ छ ।
अन्य विश्वप्रसिद्ध विश्वविद्यालयको पदाधिकारी छनोटको मापदण्डबाट सिक्ने सकिने उनको भनाइ छ । त्यसका लागि उनले उक्त मापदण्डहरू समेत समावेश गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण