बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई दुर्व्यवहार गर्ने पक्राउ
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि मंगलबार दुर्व्यवहार भएको छ ।
उनलाई आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको हो ।
प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दलिएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।
मोसो दल्ने संगठनका कार्यकर्ताहरु सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उपकुलपतिको कार्यकक्षमा भेट्न पुगेका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै तीनजनाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेका थिए ।
शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलन गरिरहेकाले प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ ।
यसअघि पनि माग पूरा गराउन दबाब दिएको तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन् ।
ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण